इजरायलबाट २५० जना नेपाली लिएर निगमको जहाज फर्किदै
काठमाडौं । इजरायलमा रहेका नेपाली लिन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान २५० जना नेपाली लिएर आज फर्कदैछ ।
केहीबेर अघि इजरायलबाट नेपाल आउन २५० जना नेपाली बिद्यार्थी विमान चढेका छन् । गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि १० जना नेपालीको मृत्यु भएको थियो । त्यसपछि अध्ययनका लागि इजरायल गएका बिद्यार्थी हमास र इष्जरायली सेनाको लडाइ जारी रहेकाले स्वदेश फर्किन लागेका हुन् ।
बिद्यार्थीरुलाई लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली इजरायल प्रस्थान गरेको थियो । सरकारले इजरायलमा समस्यामा परेका नेपालीहरूलाई जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय गरेको थियो । इजरायलबाट बिद्यार्थीहरु आज राति काठमाडौं आइपुग्नेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल एयरलाइन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्