मकवानपुरमा १५० किलो गाँजासहित ४ जना पक्राउ
मकवानपुर, २५ असोज । मकवानपुर प्रहरीले १५० किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।
गएराति जिल्लाको मनहरी गाउँपालिका-७ रमौली स्थित खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार गाँजासहित पक्राउ पर्नेहरुमा मकवानपुरकै कैलाश गाउँपालिका-७ बस्ने ३० वर्षीय रामशरण चेपाङ, सोही ठाउँका १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमान सिं चेपाङ र कृष्णबहादुर प्रजा रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्