Techie IT
बिहीबार, कात्तिक २७,२०८३

भारतीय प्रधानमन्त्री मोदी नेपाली भूमी लिपुलेक हुँदै कैलाश पर्वतमा (तस्वीरहरु)


काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको चुच्चे नक्सामा समेटिएको नेपाली भूमि लिपुलेक हुँदै भारत-चीन सीमामा रहेको कैलाश पर्वतमा पुगेका छन् ।

उनी आज बिहान भारतको उत्तराखण्डको पिथौरागढबाट लिपुलेक हुँदै भगवान शिवको घर मानिने कैलाश पर्वत पुगेका हुन्उनले भारत-चीन सीमामा रहेको कैलाश पर्वत र पार्वती कुण्डको दर्शन गरी ध्यान र पूजा गरेका थिए । उनले पार्वती कुण्डमा पूजाका क्रममा डमरु र शंख पनि बजाएका

मोदीले आजै पिथौरागढको गुन्जी गाउँ पुगेर त्यहाँका स्थानीयहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले पिथौरागढमा ग्रामीण विकास, सडक, बिजुली, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता क्षेत्रसँग सम्बन्धित करिब ४२ सय करोडको विकास परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्