देव खनाल यू-१९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी
२५ असोज, काठमाडौं । देव खनाल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
मलेसियमा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेलमै इरानविरुद्ध शतक प्रहार गर्दै देवले उक्त कीर्तिमान बनाएका हुन् । देव यू-१९ टिमका कप्तान समेत हुन् ।
देवले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । शतक प्रहार गरेपछि नै उनी आउट भएका थिए ।
यसअघि उनले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शतक प्रहार गरेका थिए ।
एकै उमेर समूमा दुई शतक हानेर कीर्तिमान बनाएका देवकै कप्तानीमा नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट भइसकेको छ ।
नेपालका लागि यसअघि रित गौचमले दुई फरक उमेर समूहमा शतक प्रहार गरेका थिए । रितले नेपाल यू-१६ र यू१९ दुवैमा नेपालका लागि शतक प्रहार गरेका छन्
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्