चाडपर्वमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न टुँडालदेवीमा अन्तक्रिर्या
काठमाडौँ । चाडपर्वका अवसरमा हुन सक्ने विभिन्न फौजदारी प्रकृतिका अपराधहरु जस्तैः चोरी, डकैती, लुटपाट, मादक पदार्थको सेवन गरी हुने होहल्ला तथा झैझगडा, गुन्डागर्दी, सवारी दुर्घटना आदिलाई मध्यनजर गरी वालुवाटार र त्यसवरपरका क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न अन्तक्रिर्या गरिएको छ ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा विजयादशमी, शुभदिपावली तथा छठ पर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिका वडा नं ४ मा बसोबास गर्ने विभिन्न सङ्घसंस्था तथा लब्धप्रतिष्ठित व्यक्तिसँग आज अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले काठमाडौँ महानगरपालिका वडा नं ४ भित्र चाडपर्वका नाममा हुने मादक पदार्थको सेवनका कारण हुने होहल्ला, झैझगडा, हातपात र मापसे गरेर सवारी चलाउँदा हुन सक्ने सडक दुर्घटना, क्षति लगाएतको आपराधिक क्रियाकलापको बारेमा छलफल तथा अन्तक्र्रिया गरिएको बताउनुभयो ।
प्रधानमन्त्री निवासदेखि विशिष्ट व्यक्तिको निवास रहेको उक्त क्षेत्रललाई काठमाडौँको भिआईपी क्षेत्रका रुपमा लिइन्छ । कार्यक्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर थापा क्षेत्री र प्रहरी वृत्त मालिगाउँका प्रमुख इन्द्रप्रसाद सुवेदीले उक्त क्षेत्रलाई सुरक्षित बनाउनका लागि सुरक्षा योजना बनाएर लागू गरिसकेको बताउनुभएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्