” गोरखाली समाज फ्रान्सको आयोजनामा पेरिसमा भब्य लोक दोहोरी साँझ समपन्न “
फ्रान्सको राजधानी पेरिसमा नेपालीहरू दोहोरी साँझ आयोजना गरेर धुमधामका साथ रमाएका छन् ।गोरखाली समाज फ्रान्सले ०८ अक्टोबर २०२३ आइतबार आयोजना गरेको ” गोरखाली सांस्कृतिक साँझ २०२३ ” मा नेपालका प्रसिद्द दोहोरी गायक र गायिकासँगै नेपालीहरूले दोहोरीको मज्जा लिए ।
समाजले फ्रान्समा बसोबास गर्ने नेपालीहरूको लागि प्रत्यक्ष (लाईभ) रुपमा लोक दोहोरी आयोजना गरेको हो । नेपालका ख्याति प्राप्त लोक कलाकार रबिन लामिछाने र गायिका डिला बिकले नेपालीहरू माझ आ-आफ्नो एकल गीतहरू तथा सामूहिक लोक दोहोरी प्रस्तुत गरेका थिए । “लालि गुरॉस आँगन मै घरदेश कागजको फूल जस्तै परदेश” यस्तै लोक टुक्कासँगै दोहोरी शुरु गर्दा नेपालीहरु बुरुक बुरुक नाचेका थिए ।
यो गीतले प्रवाशमा बसोबास गर्ने नेपालीहरूको मन निक्कै छोएको भनाई दर्शकहरूको थियो । पछ्यौरी लिस्यो, तारासँगै जून, पानपाते ठूली, हातमा घडी छ, हिँड माया, शिरफूल शिरको, घडी १, घडी २, डाडु पनियो जस्ता आफ्नै लोक गीत गाएर लोक कलाकारद्वयले नेपालीहरूलाई छमछमी नचाएका थिए । भजन, झ्याउरे, र गोरखा मनकामना जस्ता भाकामा संयुक्त रुपमा रबिन र डिलाले बेजोड प्रस्तुति गरे । उनीहरूले नेपाल छोडेर आएको लामो समयपछि फ्रान्समै लोक दोहोरीले नेपालीहरूलाई भरपुर रमाईलो गराएको भन्दै प्रशंसा गरेका थिए । उनीहरूका लोकगीतमा दर्शकहरू दर्शकदीर्घाबाट स्वतस्फूर्तरुपमा उठेर नाच्दै भरपूर मनोरञ्जन लिएका थिए । विश्वको सुन्दर शहर पेरिसमा आएर नेपाली दाजुभाइ दिदीबहिनीहरूसँगै नाँच्न गाउन पाउनु र आफ्नो कला देखाउन – सुनाउन पाउनु गौरवपूर्ण क्षण रहेको कलाकार रबिन लामिछाने र डिला बिकले सुनाए ।

गोर्खाली समाज फ्रान्सका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमलाई समाजका प्रमुख अभिभाबक तथा साहित्यकार हरिहर अर्याल, एनआरएनए फ्रान्सका अध्यक्ष लोक बहादुर पुन मगर र सभापति श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्ज्वलन गर्दै शुरु गरेका थिए । कार्यक्रममा नेपाली र फ्रेन्च राष्ट्रिय गान गाईएको थियो भनें आधुनिक नेपालका प्रथम शहीद गोरखा पुत्र लखन थापाको बिशेष परिचय गर्दै नेपालका ज्ञात अज्ञात शहीदहरू प्रति सम्मान गर्दै मौन धारणा गरिएको थियो । कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष तथा साहित्यकार सुजनराज भट्ट र एन आर एन ए फ्रान्सकी महिला पूर्ब प्रतिनिधि रोशनी हमाल बानियाले संयुक्तरूपमा गरेका थिए । समाजका सचिब रंजित भट्टले स्वागत मन्तब्य गर्नु भएको थियो भनें समाजकी अर्की उपाध्यक्ष नानू देबकोटा र महासचिब धन कुमारी घलेले अतिथिहरूलाई गादा र फूलको गुच्छा अर्पण गरेर स्वागत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार तथा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एबम फ्रान्सका अग्रणी समाज सेवी हरिहर अर्याललाई बिशेष सम्मान गर्दै दोसल्ला ओढाइएको थियो ।
नेपाली मैत्री संघ सन्स्थाहरुको प्रतिनिधि गर्दै नेपाली एकता समाजकी अध्यक्ष जीता कटुवालले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो । एनआरएनए फ्रान्सकी निवर्तमान अध्यक्ष गीता खनाल थापाले आफ्नो शुभ कामना मन्तब्य राख्दै आगामी कार्यकाल २०२३-२०२५ कोलागि एनआरएनए युरोपिय क्षेत्रको महिला संयोजक पदमा आफ्नो उमेदवारी घोषणा समेत गर्नु भयो । कार्यक्रममा लोक संगीतसँगै नेपाली परिकार सेल रोटी, मासु, चिउरा,अचार झिलाङे चखाएर नेपाली परिकारको स्वादको पहिचान दिन को लागि मुख्य भुमिका बर्शा गुरुङ्ग, सन्जिव देवकोटा , दिपक भट्ट, सुभद्रा श्ररेस्ठ ले निर्वाहा गर्नु भएको थियो । स्थानीय कलाकारहरू नृत्य र गायन तर्फ दिलिषा भट्ट, केंजल अधिकारी, नन्दिता अर्याल, निखिल अर्याल, अश्मिता अधिकारी, नबिन परियार, संजय थापा मगर, क्रिस्टिना अधिकारीले प्रतुति गरेका थिए । लाइभ बध्यबादन तर्फ मादलमा महेन्द्र बोहरा, बासुरीतर्फ प्रकाश थापा, झ्याली मानस थापा, हार्मोनियम राजु थापाको सममूहले प्रशंसनिय प्रस्तुति गरेको थियो ।
त्यस्तै, बाल संगीतकार साजन बानियाले नेपाली लोक धूनमा भायोलेन बजाउँदै संगीतमय माहोल बनाएका थिए । कार्यक्रममा समाजका अभिभाबक तथा एन आर एन ए फ्रान्सका पूर्ब अध्यक्ष ई निर्मल अर्यालले कार्य समितिका सम्पूर्ण पदाधिकारी-सदस्यहरूको परिचय गराउनु भएको थियो भनें अर्का अभिभाबक द्वय सुक गुरुंग र सुरेन्द्र काप्रीले कलकरहरूलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।
अन्त्यमा अध्यक्ष तथा कार्यक्रमका सभापति रामेश्वर श्रेष्ठले उपस्थित सबैमा धन्यबाद ब्यक्त गर्दै बिशेष आर्थिक सहयोगीहरू ; लोक बहादुर पुन मगर , गीता खनाल थापा , सन्तोष भट्टराई (अमन छेत्री), भीम थापा, बिरु खड्का, अमर भण्डारी, क्रेडि म्यूचुयल बैंक, मासु र खाध्यको पसल खान क्यश एन्ड क्यारी, राम्जा क्याश एन्ड क्क्यारि र आफ्नो निमन्त्रणालाई स्विकर गर्दै आउनु भएका सबै ब्यक्तित्व, समितिका सदस्य, संगितको चाँजोपाँजो मिलाउने इनास फ्रान्सका अध्यक्ष आभाष आचार्य र सम्पुरण कार्यसमिति र सादरण सदस्य गोरखालिजन र सस्वयंसेवकहरूलाई बिशेष धन्यवाद दिई कार्यक्रमको बिषर्जन गर्नु भयो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्