कान्तिपुर मलमा सामान किन्दा मोटरसाइकल देखि टिभीसम्म उपहार
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्क भित्र रहेको कान्तिपुर मलमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सामान किन्ने ग्राहकले मोटरसाइकल उपहार पाउने भएका छन् । काठमाडौँ महानगरपालिका वडा नं २६ मा विस २०६३ फागुनबाट सञ्चालनमा आएको कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष पनि दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी उपहार योजना सुरु गरेको छ । कान्तिपुर मलले सुरु गरेको उक्त उपहार योजना भदौदेखि नै लागू भइसकेको छ ।
भदौदेखि छठ पर्वसम्म कान्तिपुर मलभित्र रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान किन्ने ग्राहकलाई एउटा कुपन प्रदान गरिने र सो कुपनको आधारमा विजेता घोषणा गरिने मलका महाप्रबन्धक अमर निरौलाले बताउनुभयो । उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यामाह मोटरसाइकल, दोश्रो पुरस्कार १२५ सिसिको यामाहा स्कुटर र तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि टेलिभिजन प्राप्त गर्नेछन् । यस्तै अन्य पुरस्कारसमेत रहेका छन् ।
झण्डै २०० सटर रहेको उक्त मलमा बैँक तथा वित्तिय संस्था, सैलुन, गुदपाक भण्डार, लत्ताकपडा पसल, इलेक्ट्रोनिक्स पसल, रेष्टुरेन्टलगायत रहेको छ । काठमाडौँभित्रको पुरानो सपिङ मल भएको कारण उक्त मलमा सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गरिने निरौलाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्