Techie IT
बिहीबार, कात्तिक २७,२०८३

टोखा नगरपालिकाद्धारा इजरायलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा दीप प्रज्ज्वलन


काठमाडौं । गत शनिबार इजरायलमा भएको हमास आतंकवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा टोखा नरपालिकाद्धारा दीप प्रज्वलन गरिएको छ । नगर प्रमुख प्रकाश अधिकारी , प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बाक्चन , वडा अध्यक्षहरु , कार्यपालिका सदस्य कर्मचारी र स्थानियहरुको उपस्थीतीमा वडा नं ३ को प्राङ्गणमा आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले दीप प्रज्वलन गर्नुहुन्दै मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

सो समारोहमा उपस्थीत सहभागीहरुले एक मिनेट मैन धाराण , दीप प्रज्वलन मार्फत मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #इजरायलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा दीप प्रज्ज्वलन


तपाईको कमेन्ट लेख्नुहोस्