शेयर बजारमा १९ अंकले गिरावट
काठमाडौं । शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावटसँगै कारोबार पनि खुम्चिएको छ ।
सोमबार १२ अंकले घटेको बजार मंगलबार १९ अंकले ओरालो लागेर १८ सय ८९ बिन्दु कायमभयो । सबै उपसूचक राताम्मे भएको आजको कारोवारमा आधा दर्जन समूह १ प्रतिशत बढीले घटेका हुन् ।
अरु समूह पनि ओरालो लागेaको बजारमा १ सय ९३ कम्पनीको मूल्य घटेको छ । जम्मा ३१ कम्पनीको मात्र मूल्य बढेको नेप्सेले जनाएको छ ।
घटेको बजारमा पनि अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् भने बाराही हाइड्रो पावरका लगानीकर्ताले करिब ८ प्रतिशत बराबरले गुमाएका छन् । मंगलबार २ सय ८२ कम्पनीको ४२ लाख ८७ हजार कित्ता शेयर १ अर्ब २८ करोड बढीमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्