Techie IT
बिहीबार, जेठ ७,२०८३

मकवानपुरमा क्रेनले किच्दा सहचालकको मृत्यु

हेटौंडा, २३ असोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० कर्राचोक नजिकै क्रेनले किच्दा क्रेनका सहचालकको ज्यान गएको छ।

मंगलबार दिउँसो प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा क्रेनले किच्दा सहचालक पर्साको वीरगञ्ज महानगर-३० लाल पर्सा बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

क्रेनले किच्दा गम्भीर घाइते भएका पासवानको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पासवानको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

क्रेनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० कर्राचोक नजिकै क्रेनले किच्दा क्रेनका सहचालकको ज्यान गएको छ।

मंगलबार दिउँसो प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा क्रेनले किच्दा सहचालक पर्साको वीरगञ्ज महानगर-३० लाल पर्सा बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

क्रेनले किच्दा गम्भीर घाइते भएका पासवानको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पासवानको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

क्रेनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्