इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभियो: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा संगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको भन्दै सरकारको तर्फबाट सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिक देशको सर्वाङ्गीण विकासको आधार भएकाले गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
सबै नागरिकको मानसिक स्वास्थ्यका लागि मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको प्रधानमन्त्रीले जानकारी दिए ।
उनले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवद्र्वन गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक रहेको जिकिर गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्