सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत फेला
काठमाडौं : सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एकजना युवती मृत फेला परेकी छन्। ललितपुर इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान श्रीगेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग गेष्ट हाउसमा बस्दै आएकी थिइन्। २० वर्षीया राउत होटलको कोठा भित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन् । प्रवक्ता ढुंगेले भनेन्,’यहि आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए ।
सोमबार बिहान उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो । प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी कोठामा लडिरहेकी थिइन ।’
घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्