Techie IT
बिहीबार, कात्तिक २७,२०८३

टोखामा को को भए करदाताहरु सम्मानित ?


काठमाडौं । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ टोखा नगरपालिकाले आयोजना गरेको कर सम्पताह सम्मान्न भएको छ । गत असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको कर अभियान समापन कार्यक्रममा शनिबार पत्रकार समेल्न गरी ८०/८१ मा २५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको जानकारी दिएको हो ।

नगरपालिकाले स्थानीय स्रोतलाई अधिकत्मरुपमा परिचालित गर्नु, आर्थिक ऐनका प्रवधानहरुलाई आम करदाताहरुमा जानकारी समप्रेशन गर्नु, आम करदाता र नगरपालिकाको सम्बन्ध नजिक बनाउनु र विकास निर्माणको हरेक पहलहरुमा सम्पुर्ण महानुभावहरुको योगदानलाई घनिभुत बनाउनु उद्देश्यले कर सप्ताह आयोजना गरिएको हो ।

टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङको अध्यक्षतामा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम करदाताहरुलाई सम्मान गरेका छन् ।

सम्मानित हुने संस्थाहरुमा एन आई सि एसिया बैक लि., कुमारी बैंक लिमिटेड, अभिसिन्ना मेडी नेपाल प्रा.ली, सि.डि डेप्लपर्स प्रा.लि, मिल्सवेरी इन्टरनेशनल स्कुल, जेम प्लाष्टीक काफ्ट्स प्रा.लि, श्रेया इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, साउथ वेष्टर्न स्कुल प्रा.लि, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्ट स्टोर प्रा.लि, ट्रान्सट्रीप गार्मेट उद्योग प्रा.लि, गण्डकि मोर्डन अपार्टमेन्ट प्रा.लि र नेपाल सी आर एस कं प्रा.लि भएका छन् । त्यसका साथै समयमै र बढि राजश्व तिर्ने विभिन्न व्यक्तिहरु पनि सम्मानित भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखामा को को भए करदाताहरु सम्मानित ?


तपाईको कमेन्ट लेख्नुहोस्