विराटनगरबाट ६ किलो गाँजासहित २ जना पक्राउ
विराटनगर : विराटनगरबाट लागूऔषध गाँजासहित आइतबार दिउँसो २ जना पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट प्रहरीले ६ किलो ६० ग्राम गाँजा बरामद गरेको छ।
भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–८ का २५ वर्षीय विवेक राय र २२ वर्षीय सुरज रायलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। पैदल रहेका दुवै जनालाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर–१४ बाट यादव टोलबाट पक्राउ गरेको हो।
बोरामा प्याक गरिएको गाँजा काँधमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए। शंका लागेर प्रहरीले खानतलासी गर्दा बोराभित्र गाँजा फेला परेको थियो। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
यसैबीच, विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३७ वर्षीय प्रदीप यादव रहेका छन्।
भारतको जोगवनीबाट ब्राउन सुगर लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले यादवलाई पक्राउ गरेको डीएसपी दाहालले बताए। उनका अनुसार शंका लागेपछि पैदल रहेका यादवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो।
यादवलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्