प्रधानसेनापति शर्मा बेलायत प्रस्थान
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान गरेका छन्। संयुक्त अधिराज्य बेलायतका प्रधानसेनापति Sir Patrick Sanders को निमन्त्रणमा ६ दिने भ्रमणका लागि प्रधानसेनापति शर्मा आज बेलायत गएका हुन्।
प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत सरोज प्रताप राणाले विदाइ गरेका थिए। प्रधानसेनापति शर्माको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल र प्रधानसेनापतिका स्टाफ अधिकृत बेलायत सहभागी छन्।
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षी Sir Patrick Sandersसँग शिष्टाचार भेटघाटको कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
बेलायतमा रहँदा शर्माले रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डरहरूसँग भेटघाट गर्नेछन्। प्रधानसेनापति शर्मा Cambrian Patrolमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट हुने कार्यक्रम तय भएको छ।
प्रधानसेनापतिको अनुपस्थितमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति शर्मा २७ गते स्वदेश फर्कने कार्यक्रम छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्