इजरायल-प्यालेस्टिन द्वन्द्व युद्धमा परिणतः दुबैतर्फ गरी करिव ५ सयजनाको मृत्यु
काठमाडौँ। इजरायल/ प्यालेस्टिन द्वन्द्व युद्धमा परिणत भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् । लडाकु समूहले एकै पटक विभिन्न ठाउँबाट जल, थल र हवाइ हमला गरेको हो ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ । इजरायलले जवाफी हमला सुरु गरिसकेको जनाएको छ । इजरायली सेना,आइडीएफले गाजा क्षेत्रका बासिन्दालाई घर छाड्न आग्रह गरेको छ ।
हमास लडाकुका आधार क्षेत्र लक्ष्यित हमलालाई प्रभावकारी बनाउन शंकास्पद ठाउँका बासिन्दालाई अन्यत्र पठाउन खोजेको हो । हालसम्म लडाकु समूह हमासको आक्रमणमा परी इजरायलतर्फ २ सय ५० जनाको मृत्यु भएको छ भने करिव १६ सयजना घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाको प्रत्याक्रमणमा परी २ सय ५० हमास लडाकुको मृत्यु हुनुका साथै सयौंको संख्यामा घाइते भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनी हमलाको विश्व समुदायले निन्दा गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इजरायल-प्यालेस्टिन द्वन्द्व
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्