दाङको तुलसीपुरमा श्रीमान् श्रीमतीको शव फेला
दाङ। दाङको तुलसीपुरमा श्रीमान् श्रीमतीको शव फेला परेको छ ।
शनिवार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशील भण्डारी र अन्दाजी २१ वर्षीय पवित्रा डाँगी भण्डारीको शव फेला परेको प्रहरीले बताएको छ ।
सुशीलको शव झुन्डिएको अवस्थामा र पवित्राको शव बेडमा फेला परेको हो । पवित्राको टाउकोमा चोट र नाक, मुखबाट रगत निस्किएको प्रहरीले जानकारी दिएको छ।
सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ घर भई भण्डारी दम्पती करिब डेढ महिना पहिले विवाह गरेर बेलुवामा कोठा भाडा लिई मजदुरी काम गर्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो ।
प्रमुख केसीका अनुसार श्रीमान् श्रीमती विगत दुई दिनदेखि कोठा बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक केसीको कमान्डमा खटिएको प्रहरी टोलीले ढोका खोल्दा एक जनाको शव झुन्डिएको अवस्थामा र एक जनाको शव बेडमा फेला पारेको हो । श्रीमानले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको आशङ्का छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्