आफूलाई मतदान गरी उपाध्यक्ष पदमा जिताउन बेलायतबासी सबैसँग केसीको अपिल
लन्डन / एनआरएनए उपाध्यक्षका प्रत्याशी गणेश केसी हङकङ र दक्षिण कोरिया भ्रमणपछि एनआरएनए प्रतिनिधिहरुसंग आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित चुनावी प्रचारप्रसारमा शुक्रबार बेलायत पुगेका छन।
एनआरएनए अभियानमा सक्रिय भूमिका खेलेका अग्रज युकेमा रहने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र आफुलाई उपाध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन केसी लन्डन क्षेत्रको भ्रमणमा निस्केका हुन। केसीले आफूलाई मतदान गरी उपाध्यक्ष पदमा जिताउन सबैसँग अपिल गरेका छन् ।
केसीलाई लण्डनमा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, सह(कोषाध्यक्ष हेम कुमार गुरुङ, एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए ।
बेलायत रहुन्जेल केसी एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट तथा छलफल सहित चुनावी प्रचारप्रसारमा खटिने छन् ।
एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।
केसीले सन् २०११र०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।
एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्