विराटनगरबाट घरेलु हतियारसहित १५ जना पक्राउ
विराटनगर : दोहोरो झडप गर्न भनेर हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ।
तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरीसहितलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमध्ये ९ जना १८ वर्ष मुनिका छन्। शेखकविसहित २ जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको डीएसपी दाहालले बताए। उनका अनुसार पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको हो।
विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट परिचालित टोलीले झडपको तयारी गरेर साथमा घरेलु हतियार बोकेर हिँडिरहेको समूहलाई पक्राउ गरेको डीएसपी दाहालले बताए।
उनका अनुसार युवतीको विषयलाई लिएर केही दिनअघि पनि दुई पक्षबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘युवतीको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको रहेछ। विवाद उत्कर्षमा पुगेपछि दुई पक्षबीच दोहोरो झडपको अवस्था बनेको पाइयो,’ दाहालले भने।
दोहोरो झडपकै लागि घरेलु हतियार बोकेर हिँडिरहेकालाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए। झडपको तयारी गर्नेमध्ये केही फरार छन्। उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ। डीएसपी दाहालले प्रहरीको सक्रियताकै कारण ठूलो झडप र मानवीय क्षति हुनबाट जोगिएको जानकारी दिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्