महरालाई सुरक्षा दिन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं, १५ जेठ- प्रसिद्ध व्यापारिक केन्द्र काठमाडौं मलको भाडा घोटाला छानविन गर्न माग गर्ने द काठमाडौं व्यवसायी संघकी अध्यक्ष शुषमा महरालाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइएको छ ।
संसदको लेखा समितिले सञ्चय कोषको स्वामित्वमा रहेको उक्त मलको घोटलाका सम्बन्धमा उनीहरुले उजुरी गर्दा आक्रमण भएको भन्दै सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको हो । संसद सचिवालयले गृह मन्त्रालयलाई पत्र लेखेर अध्यक्ष महरा र उनको परिवारलाई सुरक्षा प्रवन्ध मिलाउन भनेको छ । जेठ ५ गते बसेको समितिको बैठकले अध्यक्ष महरा र परिवारलाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।
समितिले काठमाडौं मलका व्यापारीहरुलाई अन्याय भएको र विचौलियाले करोडौं हिनामिना गरेको भन्दै छानविनका लागि उजुरी परेको जनाएको छ । व्यवसायीबाट उठाएर विचमै खानेदेखि कोषलाई भाडा समेत नबुझाएर अपचलन गरेको भन्दै लेखा समितिमा केही समयअघि उजुरी परेको थियो । उक्त उजुरीमाथि छानविन चलिरहेको समिति सचिवालयले जनाएको छ ।
उजुरीपछि मलमै अध्यक्ष महरा र उनको श्रीमान् कर्पोरेटका प्रधान सम्पादक उज्वलजंग शाहमाथि आक्रमण भएको थियो । शाह करिब हप्ता दिन नर्भिक अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका थिए । सुषमा महराले घोटलाको विषय उठाएपछि विचौलियाले महराको विषयमा भ्रम फैलाई अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको र घोटलाको विषय उठाएकोमा आफू माथि आक्रमण भएको महराले बताउदै आएकी छिन ।
क्याटेगोरी : समाचार
ट्याग : #महरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्