बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५१ मा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४।३ तथा १२ः२३ मा चैनपुर नै केन्द्रबिन्दु भएर ३।९ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि गत मंगलबार दिउँसो २ः४० बजे बझाङकै तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने सोही दिन ३ बजेर ६ मिनेट जाँदा चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। लगत्तै, ३ः१३ मा चैनपुरै केन्द्रबिन्दु भई ५.१ रेक्टर स्केल, ३ः४५ मा सुरमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
मंगलबारको भूकम्पमा परेर बझाङमा एक जनाको ज्यान गएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए। यस्तै १३५ घरमा क्षति पुगेको थियो।
केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय जोखिमको क्षेत्र रहेकाले जुनसुकै वेला पनि भूकम्प जानसक्ने बताउँछन्। “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,” उनले भने।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्