एमाले गण्डकीमा आज निर्वाचन, १ सय ६५ पदका लागि ३ सय ८२ जनाको उम्मेदवारी
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
अध्यक्षका लागि म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । शर्मा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट उम्मेदवार बन्नु भएको हो । गुरुङ समुहलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलको संरक्षण छ भने अधिकारी समुहलाई महासचिव शंकर पोखरेलको साथ छ ।
गण्डकीमा एमालेको तेस्रो धारको रुपमा प्रस्तुत भएका प्रभावशाली नेताहरु पद्य्मा अर्याल र किरण गुरुङ भने यो अधिवेशनमा देखिने गरि कुनैपनि समुहमा खुलेका छैनन् । १ सय ६५ जनाको लागि ३ सय ८२ जनाको उम्मेदवारी परेको छ । अधिवेशनमा विभिन्न क्लष्टरका २७ जना भने निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमा प्रदेशका ११ जिल्ला र जनवर्गीय संगठनबाट ९०७ जना प्रतिनिधि सहभागी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्