एमाले गण्डकीको नयाँ नेतृत्व चयनका लागि मतदान हुन सकेन
काठमाडौँ–नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुन सकेको छैन । प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न नसिएपछि मतदानमा ढिलाइ भएको हो । निर्वाचन समितिले आज बिहान ८ बजेदेखि मतदान हुने भनिएको थियो । तर अझै पनि प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न सकिएको छैन ।
एमाले गण्डकीको अधिवेशनका लागि ९०७ जना प्रतिनिधि चयन हुनुभएको छ । उहाँहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव, एक महिला उपसचिवसहित १६५ सदस्यीय कार्यसमिति चयन गर्नुहुनेछ । विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्ने छैन ।
गण्डकी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीको उम्मेदवार परेको छ । उहाँहरू दुवै प्यानलसहित मैदानमा उत्रिनुभएको हो । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीले साथ दिनुभएको छ ।
अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, महिला उपसचिवमा मीना गुरुङ र अर्को उपसचिवमा सन्तोष रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलले साथ दिनुभएको छ ।
शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, महिला उपसचिवमा मञ्जु अधिकारी र अर्को उपसचिवमा दामबहादुर विकले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
शर्माको समूहलाई उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव गुरुङ, सचिव पद्या अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले साथ दिनुभएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्