पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध
पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।
केही दिनदेखिको निरन्तरको वर्षाले पर्वतको जलजला गाउँपालिका– ७ केरावारीमा पहाडवाट झरेको पहिरोले सडक अवरुद्ध बनेको हो ।
वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । वर्षा रोकिएलगत्तै सडक खुलाइने उहाँले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीवाट छुटेका सवारीसाधन मिलनचोकमा अलपत्र भएका छन् भने अन्यत्रवाट आएका सवारीसाधनहरु लस्तीबजारमा रोकिएका छन् । केहि साना सवारीसाधनहरु भने बागलुङतर्फवाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
निरन्तरको झरीले जिल्लाका ग्रामीण क्षेत्रका मुख्य सडकहरु समेत अवरुद्ध बनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सडक अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्