“ट्राफिक सचेतना सप्ताह २०८० को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रक्तदान
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात भएको थियो ।
बिहान ९ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन भएको रक्तदान कार्यक्तममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पुर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक भोलेन्टियर सहित केही सर्वसाधरण गरी १ सय २० जनाले रक्तदान गरेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ट्राफिक सचेतना सप्ताह २०८०
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्