सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप १ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार दिउँसो चीनको सिछुवान प्रान्तका ६६ वर्षीय तासी दावा भन्ने व्यक्तिलाई पक्राउ गरेको हो ।
उनलाई स्वयम्भूबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी सुन तस्करी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको पाइएको पनि सीआइबीले जनाएको छ ।
मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँसहित ३ जनालाई पक्राउ गरेको थियो । सो प्रकरणमा प्रहरीले दोलखाबाटै ७ जनालाई पक्राउ गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुन प्रकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्