कपनका बाढी प्रकोप पिडितले आमरण अनसन बस्ने दिए चेतावनी , उपत्यका विकास प्राधिकरणमा बबाल
कपन क्षेत्रको खोला खोले संगै ढल र बाढीको प्रकोपले पिडित बनेका स्थानीयहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन।
काठमाण्डौ महानगरपालिकाले एकाएक खोला खोलेर बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ तथा काठमाण्डौ महानगरपालिकाका वडा नं ६ र ७ का विभिन्न स्थान थप पूर्वाधार निर्माण नगर्दा पिडित बनेका स्थानीयहरुले उपत्यका विकाश प्राधिकरणको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका हुन्।
खोला खुल्ला रहेको अवस्थामा सो क्षेत्रमा ढलको दुर्गन्ध फैलिएको र त्यसका कारण विभिन्न रोगको शिकार बन्नुपर्ने अवस्था सिर्जना भएको भन्दै प्राधिकरण पुगेका पिडित स्थानीय र महानगरको कदमका समर्थक विच झन्डै झडपको अवस्था सिर्जना भएको एक सहभागीले कपन अनलाइनलाई जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , वडा नं १० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई ,काठमाण्डौ महानगरपालिका वडा नं ६ का सदस्य देव बज्राचार्य लगायतको उपस्थितिमा भएको छलफलमा पिडित स्थानीयहरुले खोला खोलेपछि त्यसको उचित व्यवस्थापन नगरिएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए।
साततले देखि मिलन चोक सम्म खोलिएको खोलाका कारण आवतजावतमा चरम समस्या परेको र दैनिक अत्यावस्यक काममा समेत निकै बाधा परेको भन्दै पिडितहरुले प्राधिकरणको सो छलफलमा दुख व्यक्त गर्दै आगामी दिनमा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #उपत्यका विकास प्राधिकरणमा बबाल, #कपनका बाढी प्रकोप पिडित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्