मधेशमा सुरक्षा चूनौति बढेपछि गृहमन्त्री श्रेष्ठ बर्दिवासमा, सुरक्षा निकायका प्रमुखहरुसहित गम्भीर छलफल
काठमाडौं, १७ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा धार्मिक समूदायबीचको झडपले उग्र रुप लिन थालेपछि केन्द्रीय सरकारको ध्यानाकार्षण भएको छ । संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा बढेको सुरक्षा चूनौतिलाई ध्यानमा राखेर आज (बुधबार) बर्दिवासमा सुरक्षा निकायका प्रमुखहरुसहितको विशेष बैठक बोलाएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएअनुसार गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे सीडीओ र सबै सुरक्षा निकायका जिल्ला र प्रदेश प्रमुखहरूसँग ब्रिफिङ लिइरहेका छन् । यसअघि जनकपुर र सर्लाहीमा धार्मिक समूदायबीच झडप भएको समाचार आएका थिए । सर्लाहीमा त प्रशासनले कफ्र्यु जारी जारी गरेको थियो ।
बैठकमा गृहमन्त्रालयका सचिव दिनेश भट्टराई, प्रवक्ता नारायणप्रसाद भट्टराई, नेपाल प्रहरीका आईजिपी वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायतका बैठकमा सहभागी छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्