उत्तरी गोरखावासीलाई आजबाट बोर्डर पास वितरण
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई आजबाट चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण हुने भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवास स्थित इलाका प्रशासन कार्यालयबाट उनीहरुलाई पास वितरण हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
पास वितरणका लागी सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमवार नै सिर्दिवास पुगेको छ । नासु बिश्व रोका मगर र कम्प्यूटर अपरेटर सिता गुरुङ टोलीमा समावेश छन् । ‘आज सिर्दिबास आइपुग्यौ,’ सहायक प्रजिअ रानाले भने, ‘भोली बिहानबाट पास वितरण शुरु गर्छौ ।’ वडा नम्वर ३ बाहेकका अन्य नागरिकलाई पास वितरण गरिने उनले जानकारी दिए ।
वितरण गरिने पास जिल्लामै छपाइ गरिएको कार्यालयले जनाएको छ । गृहमन्त्रालयले पठाएको डिजाइन अनुसार पास छपाइ गरिएको बताइएको छ । उक्त पासको म्याद एक बर्षको हुने सहायक प्रजिअ रानाले बताए । ‘हामीले बितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि फेरी रिन्यू गर्नुपर्ने हुन्छ,’ उनले भने । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उनले बताए । नेपाल भरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उदेश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने उनको भनाइ छ ।
बिगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए ।
गृहमन्त्रालयले निर्देशन दिएपछि पास वितरण गर्न लागिएको हो । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ । नागरिकता भएको व्यक्तिलाई मात्र पास उपलब्ध गराइने बताइएको छ । पास पाउने भएपछि स्थानीय खुशी छन् । तिब्बत उत्तरी गोरखाका स्थानीयको मुख्य व्यापारिक केन्द्र रहदै आएको छ । दरौँदी दैनिक पत्रिका
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्