नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानित
पश्चिम बंगाल – हस्पिटालिटी क्षेत्रमा विगत तिन दशक देखि संलग्न रहँदै बहुआयामिक चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत भएका नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत सम्मानित भएका छन। भारतको पश्चिम बंगालको रोयल बंगाल मास्टर शेफ २०२३ संगठनको आयोजनामा १,२,३ अक्टोबर-२०२३ मा कोलकातामा साउथ एसियन ईन्टरनेटनेसनल कुलिनेरी आर्ट प्रतियोगितामा सेफ बस्नेतलाई गोल्डेन ह्याट अवार्डबाट सम्मानित गरिएको हो।
३ दिनसम्म चलेको प्रतियोगितामा भारत, बङलादेश,नेपाल, माल्दिस, मोरक्को,अमेरिका, श्रीलंका थाईल्याड, मलेसिया, ईन्डोनेसिया र पाकिस्तानको सहभागिता रहेको थियो । प्रतियोगितामा २ सय १० जनाको सहभागी रहेको थियो । प्रतियोगितामा १ सय २५ प्रकारको परिकारहरू बनाएको थियो ।
मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, समेतको उपयोग मार्फत खानालाई विश्व व्यापिकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियान्ता फुडगुरू सुरेश चन्द्र बस्नेत ग्यास्ट्रोनोमी टुरिज्म एशोसियसन अफ नेपालको अध्यक्ष हुनुहुन्छ र बिगत तीन दशक देखि पाककलामा रचनात्मक शैली मार्फत् दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभवका साथै नेपाली खानाको विकाश र विस्तारमा हुनुहुन्छ ।
गुणस्तरीय खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास, पर्यटन प्रबद्र्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान,रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रचार प्रसार गरि नेपाललाई विश्व बजार सामु चिनाउन र ग्यास्ट्रोनोमी टुरिज्म क्षेत्रमा बस्नेतको उच्च योगदानको रहदै आएको छ। हस्पिटालिटी क्षेत्रमा अत्यन्त सम्मानित उपाधि पाउने सेफ बस्नेत दर्जनौं विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्