एआईबीडीको कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित
मोरिसस । एआईबीडीको २१ औँ साधारण सभा मोरिससको वालाक्भामा सम्पन्न भएको छ । २ अक्टोबरदेखि ४ अक्टोबरसम्म सञ्चालित ४८ औँ वार्षिक भेला तथा २१ औँ साधरणसभाले भारतलाई आगामी दुई वर्षका लागि सभापति र कम्बोडियालाई उपसभापतिमा निर्वाचित गरेको छ ।
यसैगरी एआईबीडीको कार्यकारिणी समितिमा थाइल्याण्ड अध्यक्ष र नेपाल उपाध्यक्षमा निर्वाचित भएको छ । एआईबीडीको कार्यकारिणी समितिमा १० वटा राष्ट्रहरू सदस्य रहने प्रावधान छ । नेपाल सहित फ्रान्स, कम्बोडिया, कोरिया भियतनाम, मलेसिया, श्रीलङ्का, थाइल्याण्ड कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।
एआईबीडी सन् १९७७ मा स्थापित एसिया प्यासिफिक क्षेत्रको प्रसारण क्षेत्रको विकास र विस्तारमा विशेष भूमिका खेल्दै आएको एक अन्तर्राष्ट्रिय संस्था हो । यसले स्थापनाकालदेखि प्रसारणको क्षेत्रीय नीति, विश्वव्यापी रुपमा प्रसारण सम्बन्धी चुनौतीहरूको जानकारी, साधन स्रोतको विकास, मिडिया उद्योगमा नवीनतम प्रयोग तथा सूचना प्रविधिको उच्चतम प्रयोग तथा प्रसारण सामाग्री उत्पादन र प्रसारणको सम्बन्धमा सदस्य राष्ट्रहरूलाई सघाउँदै आएको छ । हाल एआईबीडीमा ४४ राष्ट्रहरू सदस्य रहेका छन् । यसको केन्द्रीय कार्यालय मलेसियामा रहेको छ ।
सन् १९७७ देखि नै रेडियो नेपाल र नेपाल टेलिभिजन एआइबीडीको संस्थापक सदस्य रहेका छन् । यस अघिको कार्यकालमा रेडियो नेपाल कार्यकारिणी सदस्यमा रहेको थियो भने अबका दुई वर्ष नेपाल टेलिभिजनले उपाध्यक्षको रूपमा कार्यकारिणी समितिमा कार्य गर्ने छ । २१ औँ साधारणसभामा नेपालको तर्फबाट रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले प्रतिनिधित्व गर्नुभएको थियो । एआईबीडी को सचिवालय निर्देशकका रूपमा मलेसिया की मिस फिलोमेना कार्यरत हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्