हिन्दु धर्मगुरु श्रीनिवास पक्राउ
विराटनगर । विवादास्पद धर्मगुरु श्रीनिवास पक्राउ परेका छन् । धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा हिन्दु धर्मगुरु उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । सुनसरी प्रहरीले उनलाई चक्रघट्टीस्थित आश्रमबाटै पक्राउ गरेको हो । श्रीनिवासले केही दिनअघि हातमा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
२०७४ चैत २५ गते उनीमाथि गोली प्रहार भएको थियो । तर, पछि आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको थियो । श्रीनिवासले हातमा गोली प्रहार गर्न लगाएपनि गोली मिस फायर भएर कोखमा लागेको थियो । उनले चितवन भरतपुर ४ बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैँडाकोट ५ का ३२ वर्षका सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई गोलीसहितको पेस्तोल दिएर आफूलाई हान्न लगाएका थिए । श्रीनिवासले हिन्दु राज्य कायम गर्न विभिन्न चरणमा भएको आन्दोलन सार्थक नभएपछि जनता र धर्मगुरुहरूलाई उक्साउन आफूमाथि गोली प्रहारको नाटक रचेको पुष्टि भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #श्रीनिवास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्