एमसीसीकी सीईओ अल्ब्राइट र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, असोज १६ । एमसीसी परियोजनाकी ग्लोबल सीईओ एलिस अल्ब्राइट र (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । ओली र अल्ब्राइटबीच एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा सोमबार भेटवार्ता भएको हो।
दुई जनाको भेटवार्तामा एमसीसी कार्यान्वयनबारे छलफल भएको बताइएको छ। भेटमा एमाले अध्यक्ष ओलीले परियोजना सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखेका छन् ।
जवाफमा अल्ब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् । अल्ब्राइट अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएकी हुन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्