गोरखामा वाइसीएलको दवावपछि सार्वजनिक यातायातको भाडादर समायोजन(हेर्नुहोस नयाँ भाडादर)
गोरखा, १५ असोज । योङ कम्युनिष्ट लिग ९वाइसीएल० ले पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न चेतावनी दिएपछि गोरखामा नयाँ भाडादर समायोजन हुने भएको छ । कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीकै भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रसासन कार्यालयलाई ज्ञापन पत्र बुझाएपछि सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
जस अनुसार अव गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ४४ पैसा दर भाडा कायम हुने भएको छ ।
नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा आमगोरखाबासीहरुको एजेण्डा भएकाले जनपक्षिय माग पुरा गरेको भन्दै प्रसासन, यातायात व्यवसायी लगायतका सराकोरवालाहरुलाई धन्यवाद दिनुभएको छ ।
उहाँले नयाँ निर्धारण गरिएको भाडादर निसर्त लागू गर्न गर्न र कार्यान्वयनका लागि सम्बधित सरोकारवालाहरुलाई समेत आग्रह गर्नुभयो । संंयोजक श्रेष्ठले जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को भातृ सगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसीएल० गोरखाले जिल्ला भित्रका कालोपत्रे सडकमा समेत कच्चीको भाडादर कायम रहेपछि भाडादर समायोजन गर्न ५ दिने अल्टिमेटम दिएको थियो । आमसर्वसाधारणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले माग गरेपछि सोमवार बैठक बसेर नयाँ भाडा तोकिएको हो ।
गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड, त्यस्तै गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायतका सडकहरुमा कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।
सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन मौन बसेको भन्दै वाइसीएलले तत्काल आवस्यक पहल गरि नयाँ भाडादर तोक्न अल्टिमेटम दिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्