डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको सुझाव
काठमाडौं । आउँदै गरेको चाडपर्वमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकले सुझाएको छ ।
राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने बताएको छ । बैंकले डिजिटल भुक्तानीका साधनहरुको प्रयोग गर्दा आफैं उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सिधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने सुझाब दिएको हो ।
डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुयाउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने भएकोले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

क्याटेगोरी : अर्थ, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्