नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ ।
शाहले आप्mना मुख्य प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले हराउनुभएको हो । शाहले ३ सय ६९ मत ल्याउँदा शाहीले २ सय ७ मत प्राप्त गर्नुभयो ।
एमालेका पोटिलब्युरो सदस्य शाह पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य बन्नुभएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्र पाउनुभयो । शाह यामलाल कँडेल समूह र शाही गोरख बोगटी समूहबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
उपाध्यक्षमा गुलाबजंग पक्षकै टेकराज पछाई ३ सय ४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उम्मेदवार लालबहादुर महताराले १ सय ७६ मत र दानसिंह परिवारले ५९ मत ल्याउनुभयो ।
यसैगरी सचिवमा ध्रुवबहादुर शाही ४ सय ६ मत ल्याएर विजय हुनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले कर्णाली प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्