कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रिय सभापति आफैं चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको । उहाँले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेता पौडेलले पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्तिमात्रै उम्मेदवार हुन पाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई मासवेस पार्टीमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले एकै प्रकारको सदस्यता बनाएर जम्मा सदस्यहरुले केन्द्रिय सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
नेता पौडेलले कांग्रेसलाई मासवेस पार्टीका रुपमा रुपान्तरित गर्न जरुरी रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्