ताकुकोट पुग्ने सडक कालोपत्रे गर्न ठेकेदारले ढिलासुस्ती गरेपछि सरोकारवालाहरुले दिए अल्टिमेटम
गोरखा । घ्याम्पेसाल बारपाक सुलिकोट गैरिछाप देउराली ताकुकोट गाउँपालिका कार्यालय पुग्ने सडकको कालोपत्रे गर्न ठेकेदार कम्पनीले धेरै ढिला सुस्ती गरेपछि सरोकारवालाहरुले छिटो काम सम्पन्न गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले गोरखा जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष डेलिकेसन सहित अल्टिमेटम दिएका हुन् ।
बारपाक सुलिकोट गाउँपालीकाबाट गाउपालीका अध्यक्ष बिष्णु भट्टसहित वडा अध्यक्षहरु, वडा सदस्य, बारपाक सुलिकोट गाउँपालीका माओबादी केन्द्र अध्यक्ष नरबहादुर गुरुङ सहित पार्टी प्रतिनिधिहरु,गाउँपालीका प्रशासन प्रमुख अन्य कर्मचारी र स्थानीयबासिहरू मिलेर डेलिकेसन गएका थिए । उनीहरु गाडी रिजर्भ गरेर ३ घन्टा यात्रा गरि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ७० जनाको छोलीसहित ठेकेदार निर्माण व्यबसायि, वाइबा एण्ड जेवीका प्रतिनिधिहरू बिरूद्द र गोरखा जिल्ला सडकको गैरजिम्मेदार बिरूद्द डेलिकेसनसहित अल्टिमेटम दिएको गाउपालीका अध्यक्ष बिष्णु भट्टले बताए ।
केहि दिन भित्रै यथासिघ्र जिल्लामा बैठक राखेर घ्यामेसाल गैरिछाप देउराली ताकुकोट सडक कालोपत्रे गर्न काम छिटै सक्न ठेकेदारलाई छिटो जिल्ला प्रशासन कार्यालयले दबाब दिन र यसको समाधान गर्न अल्टिमेटम दिएको छ । ‘यदी काम गर्न ढिला सुस्ती भएमा जिल्ला सडक कार्यालय र कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई समातेर जनताको सामु राखेर कालो मोसो दली जनकार्बाही गर्न बाध्य हुनेछौ’ माओबादी केन्द्र गाउपालिका अध्यक्ष नरबहादुर गुरुङले आक्रोस हुँदै भने ।
जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ध्यान आकर्षण गराउदै गुरुङले भने ‘यदी केही दिन बाट काम सुरू गर्न बारपाक सुलिकोटले अल्टिमेटम दिएको छ १ जन्ताले दुस्ख पाउने र जन्ता आक्रोशले जनकार्बाही गरेमा यसको जिम्मेवारी जिल्ला प्रशासन र सडक डिभिजन गोरखाले लिनुपर्नेछ’। ‘हामी जनताको हितमा लडेको र जनताको सेवा गर्न राजनीति गरेको जनताको सेवा गर्न गाउँपालिका अध्यक्ष भएको हो ।
यदि जनतामाथी कसैले खेलवाड गर्छ भने त्यसको मूल्य ठुलो चुकाउन पर्छ’ गाउपालिका अध्यक्ष बिष्णु भट्टले जिल्ला प्रशासन कार्यालयमा भएको कुराकानीका क्रममा बताए । ‘जिल्ला समन्वय प्रमुख र जिल्ला प्रशासन प्रमुखले प्रतिबद्दता सहित छिटै निचोडमा जाने प्रतिबद्ध जनाउनु भयको छ । सो क्रममा उपस्थित जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू आक्रोशसहित प्रस्तुत भए’ सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ले भने।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्