Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन


जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । आमाशयको क्यान्सरबाट पीडित खनालको उपचारकै क्रममा ७३ वर्षको उमेरमा शनिबार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो ।

०७४ को स्थानीय निर्वाचनमा सिद्धिचरण नगरपालिकाको प्रमुखका उम्मेदवार बनेका खनाल ०७९ को निर्वाचनबाट सिनपा– ३ को वडासदस्य बनेर जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।

बम
खनालको निधनले पार्टी र सिंगो ओखलढुंगा जिल्लालाई अपूरणीय क्षति भएको कांग्रेस नेता रामहरि खतिवडाले बताए । खनालका दुई छोरा दुई छोरी छन् । दिवंगत खनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्