राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशन सम्पन्न
राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशन भव्य सभ्य र मर्यादित रूपमा सम्पन्न भएको छ। अधिबेसनले शिव सागर खडकाको अध्यक्षतामा 35 सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
कार्य समितिको अन्य पदमा क्रमश वरिष्ठ उपाध्यक्ष उद्धव घिमिरे, प्रथम उपाध्यक्ष मीरा गिरी, उपाध्यक्ष राम प्रसाद पाठक, उपाध्यक्ष प्रदीप चौलागाई, उपाध्यक्ष विष्णु माया पौडेल, उपाध्यक्ष देव ब.साहनी, महिला उपाध्यक्ष मीरा तामाङ, महासचिव नयन सोडारी चिन्तित, उप महासचिव विष्णु कुमार गिरी ( निश्चल ) सचिव यमन खनाल, सचिव रामकृष्ण विक, सचिव मान बहादुर तामाङ, सचिव भीम केशी खत्री, सह सचिव पार्वती केशी, प्रवक्ता दिल कुमार विक, कोषाध्यक्ष अमृता रायमाझी, सह कोषाध्यक्ष सर्मिला सुनुवार, सदस्य रुपा ( कमला) राणा, सदस्य सपना सुनार, सदस्य दिल श्रेष्ठ, सदस्य रिता गुरुङ, सदस्य सम्झना कुमारी पौडेल, सदस्य सागर माया शेर्पा, सदस्य प्रमोद श्रेष्ठ, सदस्य राम चन्द्र चौलागाई, सदस्य शान्ति पुलामी मगर निर्वाचित हुनु भएको छ।
कार्य समितिको निर्वाचन मण्डल घोषणा हुनु भन्दा अगाडिको उदघाटन समारोह राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिका अध्यक्ष याम बहादुर जिसी र वरिष्ठ समाजसेबी तथा वरिष्ठ पत्रकार नेता अजय बाबु सिवाकोटीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।
उदघाटन समारोहमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जङ शाह, निवर्तमान केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, प्रथम उपाध्यक्ष उमा श्रेष्ठ, उप महासचिव विनोद ढकाल, उप महासचिव जीवन परियार, प्रवक्ता कुमार कार्की, सह सचिव आशा लामा ज्ञानमाला, कोषाध्यक्ष गोविन्द गौतम, केन्द्रिय सदस्यहरु दिनेश रञ्जन, राम कुमार पौडेल, मान बहादुर तामाङ, रवीन्द्र रिमाल, भीमसेन खतिवडा, कृष्ण रानाभाट, स्मृति गौतम, रिना बम, केन्द्रिय सल्लाहकारहरु हरी पुडासैनी र माधव भण्डारी त्यसैगरी बागमती प्रदेश प्रथम उपाध्यक्ष सावित्री श्रेष्ठ, सुदुर पश्चिम उपाध्यक्ष अम्बिका कुमारी राई( अन्जु) बागमती प्रदेश महासचिव दिनेश तामाङ, गण्डकी प्रदेश सचिव बाल कृष्ण शर्मा ( वाग्ले) बागमती प्रदेश सचिव राजु सापकोटा, बागमती प्रदेश कोषाध्यक्ष भुवन दुलाल, सदस्य रमेश श्रेष्ठ, रिजन पुलामी, बागमती प्रदेश निवर्तमान प्रथम उपाध्यक्ष दिनेश भण्डारी, निवर्तमान सचिव गोमा कोइराला, राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष इश्वर सापकोटा, राष्ट्रिय संगीतकर्मी काठमाडौ विशेष सम्पर्क समितिका अध्यक्ष शिशिर शर्मा, राष्ट्रिय संगीतकर्मी संघ भक्तपुर जिल्ला कोषाध्यक्ष लक्ष्मी उपाध्याय, चर्चित पत्रकार डब्बु क्षेत्री लगाएत अथितिको रूपमा लगाएत हुनुहुन्थ्यो ।
अधिवेशनमा महासचिव नयन सोडारी चिन्तित ले प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष शिव सागर खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । स्मरणीय रहोस राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको पहिलो अधिबेसन बाट पूर्ण अर्याल दोस्रो अधिवेशन बाट याम बहादुर जिसिको अध्यक्षता मा कार्यसमिति निर्वाचित गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय संगीतकर्मी संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्