पेट्रोलियम पदार्थको भाउ बढाइयो, ग्याँस सिलिण्डरमा २१५ रुपैयाँ वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गएराति १२ बजेपछि लागु हुनेगरी भएको वृद्धिमा पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ भाउ बढेको छ ।
सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासको साबिक मूल्यमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाइएको छ ।
अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७९ र ग्याँस प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १८३, डिजेल र मट्टितेल प्रतिलिटर १७३ तथा ग्यासको मूल्य १ हजार ८९५ थियो ।
हिजोदेखि नेपाली हिन्दु धर्मावलम्बीहरुको ठूलो पितृ पर्व सोह्रश्राद्ध शुरुभएको छ । त्यसपछि दशैं, लगत्तै तिहार, नेपाल सम्बत तथा छठ पर्व मनाइन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल आयल निगम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्