माल्टाबाट पोर्चुगल जान खोज्ने ८ नेपालीहरु पक्राउ
माल्टा । माल्टामा ८ जना नेपालीहरु पक्राउ परेका छन् । माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट नेपालीहरु पक्राउ परेका एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले बताए । उनका अनुसार पक्राउ परेका नेपालीलाई छुटाउन पहल भैरहेको जानकारी दिएका छन् ।
आइडी कार्ड (टीआर) नविकरण नभएका, टिआरनै खारेज भएका, टिआर नपाएकाहरु पक्राउ परेका हुन् । रोजगारीका लागि माल्टा आएपनि भविष्य नदेखेर पोर्चुगल जानेको संख्या बढ्दै गरेको छ । माल्टाको अध्यागमन विभागले पक्राउ परेका नेपालीलाई सोधपुछका लागी हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा नियन्त्रणमा राखेको छ । ९ जनामध्ये ५ जना पुरुष र ३ जना महिला रहेका छन् ।
१ जना महिला भने, आफन्तको पहलमा छुटेका एनआरएनए माल्टाका अध्यक्ष खनालले जनाए । माल्टा आएर काम नगरि अन्य मुलुकतर्फ जान खोज्नेहरुलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियाननै चलाएको छ । रोजगारीको राम्रो गन्तव्य मान्दै नेपालीहरु माल्टा आउने क्रम बढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माल्टा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्