अनमोल केसी अस्पताल भर्ना
काठमाडौं, १३ असोज । अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् ।
आपराधिक विस्वासघातको आरोपमा हिजो शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।
उनलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
चन्द्रकला कटुवालले अनमोलले चलचित्र रामायणका लागि १० लाख रुपैयाँ लिएको तर पछि काम गर्न अटेर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।
फिल्मका लागि १ करोड १५ लाख खर्च भइसकेपछि अनमोलले फिल्म नखेल्ने बताएपछि कटुवाल प्रहरीकोमा पुगेकी थिइन् ।
आज शनिबार बिदा भएकाले अनमोलविरुद्ध परेको उजुरीमाथिको कारबाही आइतबारदेखि सुरू हुनेछ । आइतबार उनलाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनमोल केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्