वन तस्करीमा संलग्न वन समूहका अध्यक्ष सहित दुई जना पुर्पक्षका लागि थुनामा
इलाम । जिल्ला अदालत इलामले वन तस्करीमा संलग्न वन समूहका अध्यक्ष सहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतको आदेश अनुसार दक्षिणी इलामको माई नगरपालिका ८ स्थित शिवसतासी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हेम बहादुर थापा र उक्त समूहका कार्यालय सचिव केदार बहादुर भट्टराई कारागार चलान भएका हुन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार जिल्ला अदालत इलामको गत भदौ २९ को आदेश अनुसार माई नगरपालिका ८ का वडा सदस्य राज कुमार राई सहित पाँच जना धरौटीमा रिहा भएका छन् ।
राई र शिवसतासी वन समूहका सदस्य बद्री थापा जनही दुई लाख धरौटीमा रिहा भएका छन् । समूहकै सदस्य शेर बहादुर बुढाथोकीलाई ५० हजार धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ । यस्तै वन तस्करीमा संलग्न ट्याक्टर चालक पदम बहादुर तामाङ र आरा काट्ने सुमन राईलाई जनही १०र१० हजार धरौटीमा थुनामुक्त गर्ने आदेश भएको छ । वन तस्करीका मुख्य योजनाकार वन समूहका उपाध्यक्ष खेम कुमार बुढाथोकी र इलाम चुलाचुली २ का धन बहादुर राई भने फरार रहेका छन् ।
वन समूह भित्रको १७ वटा काँचा सखुवाका अनियमित रुपमा रुख काटेर बिक्री गरेको पाइएपछि डिभिजन वन कार्यालयले उक्त वन समूहका पदाधिकारी सहित नौ जना विरुद्ध जिल्ला अदालत इलाममा मुद्दा दायर गरेको थियो । समूहका पदाधिकारीको मिलेमतोमा समूहको एक हजार आठ सय ८७ क्युविक फिट काठ चिरान गरिएकोले रुपैयाँ १८ लाख ८७ हजारको बिगो माग दाबी गरिएको छ ।
डिभिजन वनले पक्राउ परेका वन समूहका पदाधिकारी सहित नौ जना विरुद्ध गत भदौ १८ मा जिल्ला अदालत इलाममा मुद्दा दायर गरेको थियो । दक्षिणी इलामको चुरे क्षेत्रमा रहेको शिवसतासी सामुदायिक वनका उपभोक्ता समूहका सदस्यहरु झापाको झिलझिले क्षेत्रका रहेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्