अर्को सरकार गठनका लागि तत्काल उपयुक्त विकल्प देखिँदैन : अध्यक्ष ओली
विराटनगर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएर अर्को सरकार बनाउने उपयुक्त विकल्प समेत आफूले नदेखेको बताउनुभएको छ ।
तर उहाँले मुलुकको अहिलेको अवस्थाप्रति नेपाली काँग्रेस गम्भीर नभएको आरोप लगाउनुभयो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले देश र जनताप्रति सोच्ने फुर्सद समेत काँग्रेसलाई नभएको बताउनुभयो । अध्यक्ष ओलीले काँग्रेसलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
गठबन्धन सरकारले राम्रो कामगर्न नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले यो सरकारले नेपाली जनता र राष्ट्रलाई केही दिन नसकेको बताउनुभयो ।
अध्यक्ष ओलीले कोशी प्रदेश सरकार गठनका विषयमा मुलुकमा राजनीतिक स्थायित्वका लागि मध्यावधिमा जानु उपयुक्त नहुने बताउनुभयो ।
उहाँले कोशी प्रदेशलाई मध्यावधितर्फ धकेल्नु बुद्धिमत्ता होइन भन्नुहुँदै यदाकदा कोशी प्रदेश मध्यावधिमा गइहाले पनि आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभयो । एक प्रश्नमा उहाँले अहिले भइरहेको नेकपा एमालेको प्रदेश अधिवेशनमा आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभयो । सहमति नभए निर्वाचनको माध्यमबाट प्रदेश अधिवेशनमा नेतृत्व चयन भइरहेकाले आफू माथि गलत प्रचार भइरहेको उहाँको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्