दशैँ अफर सुरु भएसँगै नयाँबसपार्कको कान्तिपुर मलमा ग्राहकको घुईँचो
काठमाडौँ । काठमाडौँको नयाँबसपार्कस्थित सञ्चालित कान्तिपुर मल मा चाडपर्व अफर सुरु भएसँगै ग्राहकको घुईँचो लाग्न थालेको छ ।
विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित उक्त मलमा ग्राहकका लागि चाहिने अधिकाशं सामान सस्तो र राम्रो पाइने भएकाले ग्राहकको घुईँचो लाग्न थालेको हो ।
मलले नेपालीहरुको महान् पर्व विजयादशमी शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गरेको छ ।
नयाँबसपार्क नेपालभरका सडकमार्गबाट काठमाडौँ भित्रिने तथा बाहिरीने यात्रुको पहिलो गन्तव्यस्थल समेत हो । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा दैनिक ५०० भन्दा बढी सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।
मलका महाप्रबन्धक अमर निरौला मलमा ग्राहकले रोजेजस्तै, खोजेजस्तै गुणस्तरीय सामान सुपथ मूल्यमा विक्रिवितरण गरेकाले पनि ग्राहकको आकर्षणको केन्द्र बनेको बताउँछन् । “हामीले विस २०६४ सालदेखि कान्तिपुर मलमा बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै आएका छौँ,”– उनी भन्छन् ।
ग्राहकले रु १००० भन्दा बढी मूल्यको सामाग्री कान्तिपुर मलमा खरिद गर्दा एकवटा उपहार कुपन सित्तैमा पाउने र लक्की ड्रमार्फत विभिन्न पुरस्कार पाउने व्यवस्था मिलाइएको महाप्रबन्धक निरौला बताउनुहुन्छ ।
उक्त मलले उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कान्तिपुर मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्