सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतन्त्रलाई बलियो बनाउन सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक पर्ने बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगद्वारा सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘अनलाइन स्पेस र सूचनाको हक स् अवसर र चुनौती’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री शर्माले जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउन सूचनाको हकलाई जनस्तर सम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शर्माले सरकार सुशासन र सामाजिक न्यायको पक्षमा रहेको भन्नुहुँदै सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि सरकार दृढ रहेको बताउनुभयो ।
मन्त्री शर्माले अनलाइनबाट सार्वजनिक सूचना उपलब्ध गराउन अनलाइन स्पेसको विकास गर्दै सूचनाको सुरक्षित भण्डारण र वितरण प्रणालीलाई मजबुत बनाउनुपर्ने बताउनुभयो।
उहाँले सूचनाको हकले पारदर्शिता कायम गर्न मद्दत पुग्ने भन्दै सूचना लुकाउने कार्यलाई निरुत्साहित गर्न सूचना लुकाउनेलाई कारबाही गर्ने गरि कानूनी दायरा बढाउनुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले नागरिक सचेत हुँदा सार्वजनिक निकायलाई जबाफदेही र पारदर्शी बनाउन सकिने भन्नुहुँदै सूचनाको हकलाई अभियानका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई समावेशी बनाउनु आजको आवश्यकता भएको भन्दै यसका लागि महिला, युवा,अल्पसङ्ख्यक लगायतलाई सूचनाको हकबारे सचेतनामुलक कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभयो ।
गोष्ठीमा डिजिटल राइटस् नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सञ्चार तथा सूचना प्रविधिमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्