२४० पदका लागि ५४८ जनाको उम्मेदवारी, को–कसले लिए फिर्ता ?
काठमाडौं, ११ असोज : नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ ।
एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।
निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार कूल २४० पदका लागि प्राप्त ५४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब ३०० जनाले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचन सुरू हुने छ ।
कमिटीको अध्यक्ष पदका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ, केशर बुढाथोकीले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।
नयाँ कार्यसमितिका लागि साँझ ६ बजेदेखि निर्वाचन हुँदै
संशोधित कार्यतालिका अनुसार बिहीबार साँझ ६ बजदेखि निर्वाचन गर्नेगरी कार्यक्रम तय भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । नयाँ नेतृत्व छान्नका लागि हुन लागेको निर्वाचनको यसअघि पनि कार्यतालिका संशोधन हुँदै आएको छ ।
निर्वाचन समितिको प्रमुखमा अधिवक्ता डिल्ली मैनाली छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्