जलाउँदै गरेको शव चिताबाटै प्रहरीको नियन्त्रणमा
काठमाडौं, ११ असोज । प्रहरीले सर्लाहीमा जलाउँदै गरेको एक युवतीको शव नियन्त्रणमा लिएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।
जलाउनका लागि घाटमा राखिएको अवस्थामा प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो । युवतीले आत्महत्या गरेको भनिएपनि घटना शंकास्पद देखिएपछि शवलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
शवसँगै प्रहरीले युवतीका पतिसहित तीन जनालाई नियन्त्रणमासमेत लिएको छ । नियन्त्रणमा लिइएकामा पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्