‘कुकुरलगायत जनावरले टोक्नासाथ खोप लगाए रेबिजबाट बच्न सकिन्छ’
काठमाण्डाै – आज विश्व रेबिजविरुद्धको दिवस, ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ भन्ने नाराकासाथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउन हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज विरुद्धको दिवसको रुपमा मनाइन्छ ।
नेपालमा रेबिज चुनौती बन्दै गएको डाक्टरले बताउँदै आएका छन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाको आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जना कुकुर र नौ हजार नौ सय २१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए । यस्तै, आव २०७५/ ७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो ।
रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्युरोट्रोपिक भाइरस भनिन्छ । जुन कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।
रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ । उज्यालो, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठका अनुसार कुकुरलगायत जनावरले टोक्नासाथ रेबिजविरुद्धको खोप लगाए यो रोगबाट बच्न सकिन्छ ।
अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ र धेरैजसो अवस्थामा बिरामीको ज्यान जान्छ । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्ने भएकाले उनीहरुले टोके रेबिजविरुद्धको खोप लगाउन उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्